दफा २३४
अंश, रकम वा खर्च भराई दिन सक्ने

(१) फैसला बमोजिम कुनै व्यक्तिबाट अंश, रकम वा खर्च पाउने व्यक्तिले अंश, खर्च वा रकम नपाई फैसला गर्ने शुरु अदालतमानिवेदन दिएमा र पक्षहरू उही भएमा अदालतले फैसला बमोजिम यथाशक्य छिटो अंश, खर्च वा रकम भराई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अंश, खर्च वा रकम नदिएमा त्यस वापत अंश, खर्च वा रकम दिनु पर्ने व्यक्तिबाट निवेदकलाई मनासिबक्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।